काठमाडौं । विश्व बैंकले प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका लागि सहयोग गर्ने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेल र विश्व बैंकका दक्षिण एसिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच वासिङ्टनमा भएको भेटमा सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।



सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र नेपालका लागि विश्व बैंकका प्रतिनिधि डेविड सिसलेनले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार विश्व बैंकले १५ करोड डलर उपलब्ध गराउने छ । नेपालको प्राकृतिक र जलवायु परिवर्तनले आइपर्ने स्वास्थ्य जटिलताको लागि स्रोत परिचालन गरिने जनाइएको छ ।
अर्थमन्त्री पौडेल विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलामा वासिङ्टनमा हुनुहुन्छ ।



