काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंसिरको पहिलो साता चीन भ्रमणका लागि जानुहुनेभएको छ । प्रधानमन्त्री ओली आफ्नो चौथो कार्यकालमा पहिलो औपचारिक विदेश भ्रमण चीनबाट गर्नुहुनेभएको छ ।

नेपालमा प्रधानमन्त्री भएलगतै भारतबाट औपचारिक विदेश भ्रमण गर्ने परम्परा तोड्दै ओली चीनको भ्रमणको तयारीमा जुट्नुभएको हो । गएको असारमा चौथो पटक प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीले भारतको निमन्त्रणको प्रतीक्षा गर्नुभएको थियो । तर, भारतले हालसम्म बोलाएको छैन । त्यसपछि असोजको पहिलोसाता संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन ओलीअमेरिकाको न्यूर्योक जानुभएको थियो । तर, कुनै देशको औपचारिक निमन्त्रणामा उहाँको भ्रमण हुन सकेको छैन ।

यसैबीच उहाँलाई चिनियाँ पक्षले औपचारिक भ्रमणको निमन्त्रणा दिएको छ । चीन भ्रमणको तयारीस्वरुप प्रधानमन्त्री ओलीले चीनसँग भएका सम्झौतामा हालसम्मको प्रगतिबारे सम्बन्धित मन्त्रालयसँग जानकारी माग्नुभएको उहाँको सचिवालयले जनाएको छ । परराष्ट्रमन्त्रालय पनि ओलीको चीन भ्रमणका लागि तयारीमा जुटेको जनाएको छ । प्रधानमन्त्री ओलीले बीआरआई परियोजनाबारे सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गरिसकेको बताइएको छ । कांग्रेस बीआरआईबारे सकारात्मक छैन, त्यसैले आफ्नो चीन भ्रमणका क्रममा कांग्रेसलाई विश्वासमा लिएर बीआरआइबारे काठमाडौंको सन्देश बेइजिङलाई दिने ओलीको तयारी रहेको छ । ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि विशेष भेटवार्ता गर्नसक्ने तयारीमा दुबैदेशका परराष्ट्र मन्त्रालयहरुले काम थालेको मन्त्रालयले जनाएको छ । परराष्ट्र स्रोतले भन्यो, सकेसम्म कात्तिकको अन्तिम साता नभए मंसिरको पहिलो साता प्रधानमन्त्रीको चीन भ्रमण हुनेछ । यो भ्रमणमा ओली प्रधानमन्त्री भएकैबेला चीनसँग विगतमा भएका पारवहन सम्झौता, पेट्रोलियम पदार्थको आयात लगायत दुबै देशका नाकाको निर्वाध सञ्चालनमा छलफल हुने गरी तयारी थालिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय