कैलाली । कैलालीको टीकापुर विमान स्थलमा उडान परिक्षण गरिएको छ । सोमबार दिउँसो १ बजेर १० मिनेटमा नेपाल एअरलाइको N9-abu को बिमानमा चालक दलका सदस्यसहित टीकापुरमा ल्याण्ड गरेको हो ।
त्यस्तै तारा एअरको विमानले पनि ४ बजे व्यवसायीक उडान भरेर पोखरा गएको थियो । नेपाल एअरलाईन लिएर टीकापुर पुगेका पाईलट मनिस बिष्टले उडानमा समस्या नभएको बताउनु भयो । विमान स्थलको रनवेको केही सुधार गरेमा नियमित उडान गर्न सकिने उहाँको भनाइ छ । टीकापुरमा उडान परिक्षण गर्न पहल गरेका संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री अरुण कुमार चौधरीले टीकापुर देखि पहाडी जिल्लामा प्लेन उडाउने आफुहरुको योजना रहेको बताएका छन् । उहाँले भारतीय पर्यटकहरु ल्याउने योजना रहेको बताउनु भयो । नागरिक उड्डयन प्राधिकरणले समुद्री सतहबाट २ सय ४३ मिटर उचाइमा रहेको यो विमानस्थलको धावनमार्गको लम्बाइ ५ सय ७३ मिटर रहेको छ । माओवादी जनयुद्ध सुरु भएपछि ०५४ सालमा उडान रोकिएको थियो । त्यसअघि त्यहाँ नेपाल वायुसेवा निगमको १९ सिटको टुइनअटरले अछामको साँफेबगरबाट उडान गर्थ्यो । यो विमानस्थलमा हवाई इन्धनको सेवा छैन । अहिलेको पूर्वाधारअनुसार त्यो विमानस्थलमा १९ सिट हाराहारीका क्यानेडियन टुइनअटर वा चिनयाँ वाई १२ जहाज हाराहारीका विमानले उडान गर्न मात्रै सक्छन् । अहिले त्यस भेगका हवाई यात्रुहरू ९० किलोमिटर दूरीमा पर्ने नेपालगन्ज वा धनगढी विमानस्थलमार्फत उडान सेवा लिँदै आएका छन् । सुदूरपश्चिममा ८ वटा विमानस्थल छन् । तीमध्ये धनगढीमा नियमित तथा अछामको साँफेबगर, बझाङ र बाजुराको कोल्टी विमानस्थल आंशिक मात्रै सञ्चालनमा रहेको छ ।






