म्याग्दी । मुस्ताङको पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो लागेको छ । बारागुङ मुक्तिक्षेत्र–४ मा अवस्थित कोगबेनीमा सोह्रश्राद्धमा देशभर बाढी पहिरोले सडक अवरुद्ध भएपछि कागबेनीमा श्राद्ध गरेर पितृतर्पण गर्न आउन नपाएकाहरु आएका हुन् ।

कालीगण्डकी नदी किनारको श्राद्धस्थलमा पितृतर्पण गर्नका लागि सयौँको संख्यामा श्रद्धालुको घुइँचो लागेको छ । मुक्तिनाथ र दामोदरकुण्डबाट बगेर आउने कालीखोला र मुक्ति गण्डकीको संगम रहेको कागबेनी पितृतर्पणका लागि महत्त्वपूर्ण तीर्थस्थल मानिन्छ । दामोदर कुण्डबाट बगेर आएको काली र मुक्तिनाथका १०८ धाराबाट बगेर आएको गण्डकीको संगम भएकाले यहाँ पुगेर पिण्डदान गर्दा फल मिल्ने कुरा शास्त्रमा उल्लेख छ ।

परापूर्वकालमा काग भुसुण्डे ऋषिले हिमाली तालतलैयामा तपस्या गरी कागखोलामा आएर स्नान गरी पितृहरूका नाममा तर्पण र पिण्ड दिएको हुनाले कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध, तर्पण, पिण्ड आदि दिने चलनको सुरुवात भएको मान्यता छ । विश्वमा शालिग्राम शिला पाइने एकमात्रै नदी कालीगण्डकीबाट सङ्कलन भएका शालिग्राम शिलालाई भगवानका रूपमा भक्तजनले लैजाने गरेका छन् ।

कागबेनी धाममा श्राद्ध गर्न आउने श्रद्धालु यहाँ पितृ उद्धारका कर्म पूरा गरेपछि मात्र मुक्तिनाथ दर्शन गर्न जाने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय