सुर्खेत । दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स अनियन्त्रित भई दुर्घटना हुँदा चार जनाको मृत्युभएको छ । दुर्घटनामा मृत्युभएका चार जनाको पहिचान खुलेको छैन ।

सुर्खेत–दैलेख सीमास्थित वीरेन्द्रनगर–१४ को रातानाङ्ग्ला नजिक भएको फोर्स सडकभन्दा झण्डै दुई सय मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले फोर्समा २९ जना यात्रुरहेको र घाइते २५ जना मध्ये केहीको अवस्था गम्भीर रहेको जनाएको छ ।

घाइते २५ जनाको उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय