सुर्खेत । दैलेखबाट सुर्खेत फर्किदै गरेको फोर्स गाडी दुर्घटना परि मृत्यु भएका र घाइते भएकाहरुको पहिचान खुलेको छ ।
सुर्खेत–दैलेख सीमानास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा मृत्यु हुनेमा दैलेख भैरवी गाउँपालिका बस्ने संगीता विष्ट, कर्णबहादुर विष्ट र दीपिका महतरा, चालक तथा गाडी साहु सुरेश खत्रीको मृत्यु भएको छ ।



जिल्ला प्रहरी कार्यालय सुर्खेतले गाडीमा ३४ जना यात्रु सवार रहेको जनाएको छ । जसमा ४ जनाको मृत्यु भएको छ भने ३० जना यात्रु घाईते भएका छन् ।



