काठमाडौं । अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) सुरु भएको छ ।

नेपालका तर्फबाट सम्मेलनमा भाग लिन राष्ट्रप्रमुख रामचन्द्र पौडेल आइतबार बाकु प्रस्थान गरिसक्नुभएको छ । १९२ देशका राष्ट्र प्रमुखदेखि उच्चपदस्थ अधिकारीसामु नेपालले हिमालको सुरक्षाको मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने छ ।

यही असोज ११ र १२ गते परेको अविरल वर्षाले नसोचेको बाढी आएको, ठाउँठाउँमा पहिरो गएको, सोलुखुम्बूको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक आएको बाढीले अर्बौँको क्षति गराएको, मुस्ताङमा पहिलोपटक बाढी आएको, केही वर्षअघि मेलम्ची नदीमा आएको बाढीले आयोजनालाई नै क्षति गराएको, जलवायुजन्य परिस्थितिले नोक्सानी धेरै बढेको भन्दै हाम्रो हिमाल पग्लेकाले विपद्को सामना मुलुकले व्यहोरेको भन्दै जलवायु वित्त चाहिन्छ भनेर माग गरिनेछ ।
कोप नोभेम्बर २२ तारिखसम्म संचालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय