प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणगढ–बुटवल सडकखण्डको विस्तार कार्य मंसिर महिनाभित्र शुरु नगरे ठेक्का तोडिने चेतावनी दिनुभएको छ । रुपन्देही, नवलपरासी पूर्व र पश्चिमका जनप्रतिनिधिहरूसँग बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले काममा भएको ढिलाइलाई गम्भीर रूपमा लिएर तुरुन्तै अघि बढाउन निर्देशन दिनुभएको हो । प्रधानमन्त्री ओलीले काम गर्ने जिम्मा लिएर समयमा नतिजा दिन नसक्ने निर्माण कम्पनीहरूलाई सम्झौता तोडेर विश्वसनीय कम्पनीलाई काम दिनुपर्ने बताउनुभयो । उहाँले २८ वर्षदेखि आयोजना होल्डमा राख्ने प्रवृत्ति बदल्नुपर्ने आवश्यकता औंल्याउँदै निर्माणमा ढिलाइ गर्ने कम्पनीहरूले जिम्मेवारी पुरा नगरे कानूनी कदम चाल्ने चेतावनी दिनुभयो ।

छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पनि निर्माण कम्पनीलाई पटक–पटक ताकेता गरिसकिएको तर अहिलेसम्म काममा प्रगति नभएको बताउनुभयो । उहाँका अनुसार, कम्पनीले आगामी डिसेम्बर अन्त्यसम्म काम शुरु गर्ने आश्वासन दिएको छ । सडक विस्तारमा भएको लापरवाहीबारे पूर्वी नवलपरासीको जिल्ला समन्वय समिति प्रमुख भगौती यादव रुदलले ध्यानाकर्षण पत्र पनि बुझाउनु भएको थियो । यो परियोजनाको ठेक्का चाइना स्टेट कम्पनीसँग २०७५ चैत ८ मा भएको थियो, जसअन्तर्गत २०७९ साउन २२ सम्ममा कार्य सम्पन्न गरिनुपर्नेछ । अहिलेसम्म कुल ५२ प्रतिशत काम सकिएको भए पनि निर्माणमा ढिलाइ भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय