काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मनोनयनपत्र दर्ता आज हुँदैछ । उपनिर्वाचनको लागि शुक्रबार स्थापना भएको ३८ वटा निर्वाचन अधिकृतको कार्यालय बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा पुगेर उम्मेदवारले मनोनयन दर्ता गर्न सक्ने निर्वाचन आयोगका जनाएको छ ।

उम्मेदवारको मनोनयन दर्ता सम्पन्न भएको एक घण्टा भित्र उम्मेदवारको सूची प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय, ६ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको छ । मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने, मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने, सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय