पूर्वी चीनको जियाङ्सु प्रान्तको वुसी सहरमा रहेको एक क्याम्पसमा अन्धाधुन्ध छुरा प्रहार हुँदा ८ जनाको मृत्यु भएको छ । घटनामा १७ जना घाइते भएका छन् ।
वुसी यिक्सिङ आर्ट्स एण्ड क्राफ्ट्स कलेजमा एक विद्यार्थीले छुरा प्रहार गरेका हुन् । घटनामा छुरा प्रहार गर्ने २१ वर्षीय युवकलाई प्रहरीले प्रक्राउ गरेको छ ।



स्नातक परीक्षामा खराब नतिजा आएपछि उनले आक्रमण गरेको बयानको आधारमा खुलेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



