धादिङ । पूर्वी नवलपरासीबाट काठमाडौ आउँदै गरेको ट्रक पृथ्वी राजमार्गको जोगीमारास्थित हुग्दी खोला नजिकैबाट त्रिशुली नदीमा खसेको छ ।

चामल लिएर काठमाडौं तर्फ आउँदै गरेको ट्रक त्रिशुलीमा खसेर दुर्घटनामा परेको हो । दुर्घटनाग्रस्त ट्रकमा सवार तीन जना घाइते भएका छन् ।

ट्रक नदीमा डुबेको अवस्थामा छ । लु २ ख २५० नम्वरको ट्रक दुर्घटनामा परेको हो ।

दुर्घटनामा १८ वर्षीय चालक आषिस महतो, सह–चालक २६ वर्षीय राजु थापा मगर र तनहुको खैरेनी घर भएका ४६ सुरेश गुरुङ्ग घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय