नेपाल विद्युत प्राधिकरणले देशभर लोडसेडिङको समस्या नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही उद्योगी व्यवसायीहरूले लोडसेडिङको हल्ला फैलाएर अनावश्यक डर पैदा गर्न खोजेको आरोप लगाउनुभएको छ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले प्राविधिक समस्याका कारण केही घण्टा विद्युत आपूर्ति प्रभावित भए पनि यसलाई लोडसेडिङ भन्न नमिल्ने बताउनुभयो। उहाँले भने, “नेपाल अब लोडसेडिङमुक्त छ। केही प्राविधिक समस्या भएका छन्, तर ती समाधान गर्न प्राधिकरण लागिपरेको छ।”

बाढीका कारण तामाकोशी जलविद्युत् आयोजनामा केही समस्या आए पनि मर्मतकार्य तीव्र गतिमा भइरहेको जानकारी दिँदै उहाँले छिट्टै समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो।

विद्युत आपूर्तिमा देखिएका अस्थायी समस्यालाई लिएर नकारात्मक हल्ला फैलाउने प्रवृत्तिप्रति उहाँले आपत्ति जनाउनुभएको छ। “लोडसेडिङको हल्ला पूर्णतया गलत हो, नागरिकलाई भ्रममा नपर्न आग्रह गर्दछु,” उहाँले थप्नुभयो।

नेपाल विद्युत प्राधिकरणले भविष्यमा यस्ता समस्यालाई कम गर्न विभिन्न सुधारका योजना अघि सारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय