प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतालाई एकतामा रूपान्तरण गर्दै सामाजिक न्याय र सद्भाव कायम गर्ने कुरामा जोड दिनुभएको छ। विश्व ध्यान दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले ध्यान र योगलाई जीवनशैलीको अभिन्न अंग बनाउनुपर्नेमा जोड दिनुभयो।

उहाँले नेपालीहरूबीच आपसी प्रेम र एकता आवश्यक रहेको र विविधतालाई सकारात्मक रूपमा प्रयोग गर्दै राष्ट्रिय एकता र सामाजिक सद्भावलाई प्रगाढ बनाउनुपर्ने बताउनुभयो। ध्यान र योगले मानिसको भावना, व्यवहार र अभ्यासलाई सुधार गरेर एकताको भावना सिर्जना गर्न मद्दत गर्ने प्रधानमन्त्री ओलीको विश्वास छ।

प्रधानमन्त्रीले ध्यान दिवसलाई औपचारिकतामा मात्र सीमित नगरी, यसलाई जीवनको मार्गदर्शनका रूपमा अपनाउनुपर्ने सुझाव दिनुभयो। साथै, उहाँले काम र परिणामलाई प्राथमिकता दिने नेतृत्वको रूपमा आफूलाई प्रस्तुत गर्दै “तालि बजाउनेभन्दा काम गरेर देखाउने” प्रवृत्ति अपनाउन आग्रह गर्नुभयो।

प्रधानमन्त्रीले ध्यानलाई ज्ञानको स्रोतको रूपमा वर्णन गर्दै सबैलाई आफ्नो दैनिक जीवनमा ध्यान र योग समावेश गर्न प्रेरित गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय