नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र बनाउने बताउनुभएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३० को दोस्रो वडा सम्मेलनमा महामन्त्री थापाले संयन्त्र बनाउँदा सुझबुझपूर्ण बनाइने र सम्हालिएर संविधान संशोधन गर्ने बताउनुभय । उहाँले संयन्त्रले शुरुमा कांग्रेस र एमालेबीच समझदारी बनाउने र पछि अन्य राजनीतिक दलहरुसँग छलफल गरेर मात्रै सबैको सहमतिअनुसार संविधान संशोधन हुने उल्लेख गर्नुभयो । संसद र मन्त्रिपरिषद्लाई अझै समावेशी बनाउने र एउटा कार्यकाल एउटै राजनीतिक दलले देशको नेतृत्व गर्नसक्ने गरि संविधान संशोधन गर्ने उहाँको दाबी छ ।

महामन्त्री थापाले अहिलेसम्म निर्वाचन भन्दा अगाडिको अवधिको जिम्मा लिने कुनै पनि दल, शक्ति व्यक्ति नरहेको भन्दै अब जिम्मेवारी लिनेगरी मात्रै जनतामाझ जानुपर्ने अवस्थाको शुरुवात गर्नु पर्नेमा जोड दिनुभयो । कांग्रेस र एमालेको अहिलेको सरकारलाई अवसरका रुपमा लिनु पर्ने भन्दै उहाँले सरकारले केही समयभित्रै परिवर्तनका केही संकेतहरु देखिने गरी काम गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय