काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत तेस्रो चरणको भाषा परीक्षामा तीन हजारभन्दा बढी परीक्षार्थी उर्त्तिण भएका छन् ।
सन् २०२४ मा इपिएसमार्फत उत्पादन क्षेत्रमा काम गर्न जानका लागि २६ हजार तेस्रो चरणको भाषा परीक्षामा सहभागी भएकोमा तीन हजार १ सय २६ जना परीक्षार्थी उर्त्तिण भएका हुन् ।



वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाले यो संख्या हालसम्म सञ्चालन भएको तीन चरणको भाषा परीक्षासहित छनोट गरिने १६ हजार चार सयमध्येको हो ।
यसअघिका दुई चरणको भाषा र सीप परीक्षा सम्पन्न भइसकेको थियो ।
दक्षिण कोरियाले इपिएस अन्तर्गत सन् २०२४ का लागि नेपाललाई तोकेको कोटा थप गरेका कारण सन् २०२५ मा धेरै नेपालीले कोरियाको रोजगारी पाउने सम्भावना रहेको छ । सन् २०२३ मा इपिएस अन्तर्गत १९ हजार ६९८ नेपाली दक्षिण कोरिया प्रवेश गरेकामा २०२४ को हालसम्म सात हजार युवा कोरिया गइसकेका छन् ।



