काठमाडौं । हिउँदे वर्षा सुरु भएको छ । पश्चिम नेपालबाट हिउँदे वर्षा सुरु हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

महाशाखाले पश्चिमी न्यूनचापीय प्रणालीको असरले पहाडी तथा तराईको भू–भागमा आज राति र भोलि हल्का वर्षा हुनेछ । उच्चपहाडी तथा हिमाली भेगमा वर्षासहित हिमपात हुनेछ ।

काठमाडौं र पोखरामा पनि छिटफुट वर्षाको सम्भावना रहेको छ । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय