काठमाडौं । चन्द्रागिरिको अवरुद्ध केबलकार साँझ ५ बजेबाट पुनः सुचारु भएको छ । केबलकारमा प्राविधिक समस्या उत्पन्न भएसँगै केबलकारको सेवा अवरुद्ध भएको थियो ।
केबलकारको हाइड्रोलिक पाइपमा समस्या देखिएपछि सोमबार दिउँसो करिब २ः४५ बजेबाट सेवा अवरुद्ध हुन पुगेको थियो । केबलकार रोकिएपछि टप स्टेशनमा रहेका सयौं यात्रु अलपत्र परेका थिए ।






