काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा दिन जाने परीक्षार्थीको हाजिरी अनलाइनबाट गर्न मिल्ने व्यवस्था गरेको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै वार्षिक परीक्षा प्रणाली अन्तर्गत चार वर्षे स्नातक तह प्रथम वर्ष २०८१ को नियमित परीक्षार्थीहरूका लागि यो सुविधा लागु गरेको हो ।



परीक्षा केन्द्रमा पुगेपछि परीक्षार्थीले अनलाइन पोर्टलमा आफ्नो हाजिरी गर्नुपर्नेछ ।



