चन्द्रागिरि नगरपालिका भित्र संचालनमा रहेको अधिकांश ठूला उद्योगले नगरपालिकालाई बाल गन्दैनन् भन्दा तपाई हामीले आश्चर्य मान्नु पर्ने अवस्था छैन । तपाई हामीले जानेर वा नजानेर चुनेर पठाएका जनप्रतिनिधिहरु अहिले वडाबासी, नगरबासीको समस्या समाधान गर्न तर्फ भन्दा पनि आफु कसरी बन्ने भन्ने सोचका साथ अघि बढेको स्पष्ट देखिन्छ । के तपाई हामीले चुनेर पठाएका जनप्रतिनिधिबाट यही अपेक्षा राखेका थियौं त ? होइन भने जनप्रतिनिधिहरु आफ्नो हैसियत विर्सिएर व्यक्तिगत फाइदाको लागि दिनहुँ व्यवसायी, विचौलिया र माफियाहरु माझ लम्पसार किन पर्छन् ? यी र यस्ता जनप्रतिनिधिकै कारण कुर्चीको इज्जत दिनहुँ कम हुँदै गएको छ । जनप्रतिनिधिकै कारण सार्वजनिक सम्पत्तिको दोहोन भइरहेको छ भन्दा पनि फरक पर्दैन । खोला, प्रतिजग्गा, राजकुलो, वन क्षेत्र, डाँडाकाँडा अहिले त्यस्ता सार्वजनिक सम्पत्ति कुनै पनि सुरक्षित छैनन् । नगरभित्र जता हेर्यो त्यही बेतिथी बढ्दै गएको छ । कारण जनप्रतिनिधि ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय