कास्की जिल्ला अदालतबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन्। न्यायाधीश नीतिज राईको इजलासले सूर्यदर्शन सहकारी प्रकरणमा रवि लामिछानेसहित अन्य प्रतिवादीलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

लामिछानेले बैंक ग्यारेन्टीमार्फत् धरौटी बुझाएपछि अदालतबाट निस्किएका हुन्। प्रहरीका अनुसार उनलाई आजै मेडिकल जाँच गराएर रिहा गरिने तयारी छ। उनले भोलि काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने जानकारी प्रहरीलाई दिएका छन्।सहकारी प्रकरणमा रवि लामिछानेसहित छविलाल जोशी र रामबहादुर खनाललाई पनि अदालतले मेडिकल जाँचका लागि पठाएको छ। यस प्रकरणले राजनीतिक र कानूनी क्षेत्र दुवैमा व्यापक चासो उत्पन्न गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय