रोल्पाको माडी गाउँपालिका-१ पेँदिखोलादेखि सुन्तला बोकेर दाङको तुलसीपुर जाँदै गरेको पिकअप गाडी (रा १ च ८६८७) त्रिवेणी-४ मथुरापानीमा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना छात्रा गम्भीर घाइते भएका छन्।

दुर्घटनामा २० वर्षीय चालक हुकुमबहादुर घर्तीको घटनास्थलमै मृत्यु भएको हो। सहचालक गाडीबाट बाहिर झर्ने क्रममा ब्रेक फेल भएर गाडी अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकाहरूमा १४ वर्षीया दिलमाया घर्ती, १२ वर्षीया रमिता मगर, र ११ वर्षीया करुणा बुढामगर रहेका छन्। उनीहरूलाई तत्काल उपचारका लागि तुलसीपुर पठाइएको छ। गाडीमा १८ क्वीन्टल सुन्तला रहेको र दुर्घटनाले ठूलो आर्थिक क्षति पनि पुगेको सहचालक शालिकराम केसीले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय