काठमाडौं । देशको केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले नयाँ मौसमी प्रणाली पश्चिम नेपालबाट पश्चिमी न्यूनचापीय प्रणाली नेपाल भित्रिएकोले वर्षा र हिमपातको सम्भावना रहेको जनाएको हो ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसम्म वर्षाको सम्भावना भएपनि पूर्वतर्फ यो प्रणालीको प्रभाव पर्ने छैन । काठमाडौंमा मौसम बदली रहेपनि वर्षाको सम्भावना भने छैन ।






