काठमाडौं । खोखो विश्वकपको सेमीफाइनल प्रवेशका लागि नेपाली पुरुष तथा महिला टोली दुबैले खेल खेल्दैछ । खेल भारतको इन्दिरा गान्धी इन्डोर स्डेडियममा हुनेछ ।

नेपाली पुरुष टोलीले साँझ पौने ६ बजे बंगलादेशसँग खेल्ने छ ।

यस्तै महिला टोलीले इरानसँग पौने ५ बजे खेल्ने छ । महिला खोखो टोली भने समूह सीमा शतप्रतिशत जीतसहित अन्तिम आठमा स्थान बनाउने अपराजित टोली हो ।

चार समूहमा रहेका १९ देशका महिला टोली विश्वकपमा सहभागी छन् । सेमीफाइनलका खेल शनिबार हुनेछ भने उपाधि भिडन्त आइतबार हुनेछ । पुरुष तर्फ भने २० देशको सहभागीता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय