काठमाडौं ।  थानकोट–चन्द्रागिरि–चित्लाङ सडक (गणेशमान मार्ग) भोलिबाट सुचारु हुने भएको छ । करिब एक महिनाका लागि सवारी आवतजावत पूर्ण रुपमा बन्द गरिएको सडक खण्ड भोलिबाट सुचारु हुने भएको हो ।

सडकको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगिसकेको र करिब २ सय मिटर सडक खण्डको स्तरोन्नतिको काम बाँकी रहेको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँसंग सडकको स्तरोन्नति गर्ने समयावधि माघ ७ गतेसम्म मात्रै रहेकाले सोही दिनबाट सडक सुचारु हुने कार्यालयको भनाइ छ ।

सडक डिभिजन कार्यालय काठमाडौंले सूचना निकालेर थानकोट–चन्द्रागिरि–चित्लाङ सडकखण्ड एक महिनाका लागि बन्द गर्ने जानकारी गराएको थियो । डिभिजन कार्यालयले ७ पुसदेखि ६ माघसम्म सडकखण्ड पूर्ण रूपमा बन्द हुने भनिएको थियो । स्तरोन्नतिका लागि उक्त सडकको पानीघाटदेखि चन्द्रगिरि भञ्ज्याङ खण्डसम्म पूर्ण रूपमा सवारीसाधनको आवागमनमा रोक लगाइएको थियो । डिभिजन कार्यालयले यस अवधिमा उक्त सडक भएर चल्ने सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय