काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायतलाई थुनामै राखेर अनुसन्धान गरिनु पर्ने भन्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको छ ।
लामिछानेलगायतलाई जिल्ला अदालत कास्कीले धरौटीमा छाड्न आदेश दिएपनि सरकारी वकिल कार्यालयले उच्च अदालतमा निवेदन दर्ता गरेको हो ।



यसअघि कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो भने गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशी ८८ लाख, जीबीका सहयोगी लीला पछाईं ३७ लाख, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल १५ लाख, संस्थापक कोषाध्यक्ष आरति गुरुङ र संस्थापक उपाध्यक्ष मीना गुरुङ ५÷५ लाख, संस्थापक सदस्य कृष्णबहादुर गुरुङलाई १ लाख धरौटीमा छाड्न आदेश गरेको थियो ।



