काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक दिउँसो ४ बजे बस्नेछ ।
बैठक बस्नुअघि नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई एमाले पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको छ । केही दिनअघि एमालेका शीर्ष नेतृत्वसँगको वार्तामा गौतम एमालेमा प्रवेश गर्न जारी भएका थिए ।



बैठकमा समसामयिक राजनीति र संसद्को हिउँदे अधिवेशनलगायतका विषयमा पनि छलफल हुनेछ ।



