काभ्रे, २४ जनवरी – काभ्रेको महाभारत जंगलमा गत मंगलबारदेखि लागेको आगो आज (शुक्रबार) हेलिकोप्टरबाट पानी खन्याएर निभाउन थालिएको छ। चार दिनदेखि निरन्तर चलेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। आगोले १०० हेक्टरभन्दा बढी वन क्षेत्र सखाप पारेर वन्यजन्तु र जडिबुटीलाई ठूलो क्षति पुर्याएको अनुमान गरिएको छ।

बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीका अनुसार, सिम्रिक एयरको हेलिकोप्टरबाट पानी खन्याएर आगो नियन्त्रणको प्रयास भइरहेको छ। सो जंगलमा २०० भन्दा बढी जडिबुटी पहिचान भइसकेका छन्, र यो क्षेत्र वन्यजन्तु र जैविक विविधताका लागि प्रख्यात मानिन्छ।

आगलागीका कारण स्थानीय पर्यटन व्यवसाय र जैविक संसाधनमा गम्भीर असर पर्ने चिन्ता व्यक्त गरिएको छ। तथापि, अहिलेसम्म क्षतिको विस्तृत विवरण संकलन गर्न सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय