वासिङ्टन डिसीस्थित रोनाल्ड रेगन विमानस्थलनजिक अमेरिकन एयरलाइन्सको यात्रुवाहक विमान र अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर ठोक्किँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ। विमान कान्ससको विचिटाबाट उडेको थियो र अवतरणको क्रममा दुर्घटनाग्रस्त भयो। दुर्घटनापछि विमान पोटोम्याक नदीमा खसेको छ। उद्धारका लागि ३०० आपत्कालीन उद्धारकर्ता परिचालन गरिएको छ। खराब मौसमका कारण खोजी कार्यमा कठिनाइ भइरहेको छ। अमेरिकी अधिकारीहरूले घटनाबारे अनुसन्धान गरिरहेका छन्






