ओखलढुंगा — ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–७ स्थित सिद्धिचरण राजमार्गमा बिरामी बोकेर काठमाडौं जाँदै गरेको जीप दुर्घटनाग्रस्त हुँदा आमाछोरासहित तीन जनाको मृत्यु भएको छ। ओखलढुंगाका प्रहरी निरीक्षक मनिष लुइँटेलका अनुसार दुर्घटनामा परी खोटाङकी ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा पुजन गुरुङ र ४५ वर्षीय तारा गुरुङको ज्यान गएको छ। पुजन बिरामी भएपछि उनकी आमा मायादेवी र आफन्त तारा गुरुङ काठमाडौं जाँदै गर्दा दुर्घटना भएको हो। प्रहरीले घटनाबारे थप विवरण संकलन गर्दै दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय