काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा मदन राई नैतिक पतन देखिने कसुरमा दोषि ठहर भएका छन् । कृषि विज्ञ भनेर चिनिएका राईलाई खोटाङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले साढे २ वर्ष जेल सजाय र १ लाख जरिवाना तोकेको हो ।

न्यायाधीश दाहालको इजलासले गत माघ १० गते राईलाई दोषी ठहर गरेपनि सजाय आज निर्धारण गरेको छ ।

आफैंले सञ्चालन गरेको शुभम फाउन्डेसनमा अध्ययनरत बालिकालाई यौन दुरुपयोग गरेको अभियोगमा २०८० बैशाख २९ गते उहाँलाई पक्राउ गरिएको थियो । राई जेठ २२ गते चार लाख धरौटी बुझाएर छुटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय