काठमाडौं । पर्वतीय साहित्य समाज नेपालले पराक्रम बालप्रतिभा पुरस्कार वर्ष २०८१ धादिङकी प्राप्ती सुवेदीलाई प्रदान गर्ने निर्णय गरेको छ । साहित्यसेवी रमा अधिकारी तथा महेश पौडेलले आफ्नो दिवंगत छोरा पराक्रम पौडेलको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार लेवोरेटरी सेकेण्डरी स्कुल कीर्तिपुरमा कक्षा ६ मा अध्ययनरत १२ वर्षीया छात्रा सुवेदीलाई प्रदान गर्ने निर्णय गरेको हो ।

दृष्टिविहीन भएर पनि अध्ययनका साथै कला, साहित्य, सिर्जना र संगीतमा आफुलाई पोख्त तुल्याउँदै आएकी छात्रा सुवेदीलाई पराक्रम बालप्रतिभा पुरस्कार वर्ष २०८१ बाट सम्मानित गर्न लागिएको हो ।

विगत सात वर्षदेखि प्रदान गर्दै आएको उक्त पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ । यसअघि यो पुरस्कार आंसिक मस्तिष्क पक्षघात भएका नाकले लेख्न सक्ने दोलखाका दर्शन केसीले प्राप्त गरेका थिए । पुरस्कार फागुन महिनामा प्रदान गरिने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय