फागुन ४ – विश्व बैंकका उच्चस्तरीय टोलीसहित दक्षिण एसिया क्षेत्रीय निर्देशक म्याथ्यू वर्गिसले आज चन्द्रागिरि नगरपालिकाको भ्रमण गरेका छन्। टोलीले नगरपालिकाका प्रमुख घनश्याम गिरीसँग छलफल गरी नगरको विकास, सुधारका क्षेत्र, राम्रा अभ्यासहरू तथा हाल सञ्चालनमा रहेका विभिन्न गतिविधिहरूको बारेमा जानकारी लिएको छ।

नगर प्रमुख गिरीले प्रस्तुतिमार्फत नगरपालिकाका प्रमुख उपलब्धिहरू र आगामी योजनाबारे जानकारी गराउँदै टोलीका प्रश्नहरूको उत्तर दिएका थिए। छलफल कार्यक्रममा उपप्रमुख, प्रवक्ता, वडा अध्यक्षहरू, कार्यसमिति सदस्यहरू तथा विभिन्न विभागका प्रमुखहरूको पनि उपस्थिति थियो। छलफलपछि विश्व बैंकका निर्देशक वर्गिसले चन्द्रागिरी नगरपालिकाले हालसम्म सञ्चालन गरेका कार्यक्रमहरूप्रति प्रशंसा व्यक्त गर्दै विश्व बैंकले विभिन्न क्षेत्रमा सहयोग र सहकार्य गर्न सक्ने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय