सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ माग गरेको छ। अधिवक्ता ओमप्रकाश अर्यालद्वारा दायर गरिएको निवेदनमा सर्वोच्चको आदेश कार्यान्वयन नगरेको आरोप लगाइएको छ। झापाको गिरीबन्धु टी स्टेट प्रकरण मा सर्वोच्चको संवैधानिक इजलासले हदबन्दीभन्दा बढी रहेको जग्गा सरकारको नाममा ल्याउन आदेश दिएको थियो। तर, उक्त आदेशको कार्यान्वयन रोक्न ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको भन्दै अदालतको अवहेलना मुद्दा दायर भएको हो।

न्यायाधीशद्वय सारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले आइतबार प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीहरूलाई ७ दिनभित्र लिखित जवाफ दिनु पर्ने आदेश जारी गरेको छ। साथै, सर्वोच्चले यसअघि जारी गरेको परमादेशसँग सम्बन्धित सबै मिसिल झिकाउने निर्णय पनि गरेको छ। अधिवक्ता अर्यालले प्रधानमन्त्री ओली र तत्कालीन भूमि व्यवस्थामन्त्रीले अदालतको आदेशको उल्लंघन गर्दै संवैधानिक व्यवस्थाको दुरुपयोग गरेको आरोप लगाएका छन्। सर्वोच्चले आवश्यक परे थप कारबाहीका लागि संवैधानिक इजलासमा सुनुवाइ अघि बढाउने संकेत दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय