कही नभएको जात्रा हाडीगाउँमा भन्ने चलन आज पनि उत्तिकै प्रख्यात छ । काठमाडौंको हाडी गाउँमा त वर्षको एक दिनमात्र जात्रा लाग्छ । तर, चन्द्रागिरि नगरपालिकामा भने वर्षको ३६५ दिनै भ्रष्टाचार र बेतिथीको जात्राको चाङ लाग्ने गर्दछ । चन्द्रागिरि नगरपालिका भित्र जता हेर्यो त्यतै बेतिथीको काण्डैकाण्ड मौलाएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ स्थित दाउरा डिपोसँगै महादेवस्थान मातातीर्थ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आलिशान बंगला छ । जुन बंगला चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रमुख उज्ज्वल प्रजापतिले संयुक्त रुपमा मिति २०८० पुस २९ गते उद्घाटन गरेका थिए । बडो तामझामका साथ राजनीतिक दलका नेता, कार्यकर्ता, बुद्धिजिवि, उपभोक्तालगायतको उपस्थितिमा उद्घाटन भएको थियो । भवन उद्घाटनसँगै खानेपानी समितिले आफ्ना सम्पूर्ण गतिविधि अहिले त्यहीबाट गर्दैआएको छ । तर, समितिको यो भवन नै अवैधानिक छ । यो भवन बनाउनु भन्दा पहिले गर्नुपर्ने कुनै पनि मापदण्ड पुरा गरेको भने पाईदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय