काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसीपमा नेपालले म्यानमारसँग आज खेल्दैछ । आ–आफ्ना दुई खेलमा विजयी हुँदै यी दुई टोली फाइनलमा पुगिसेको छ ।
नेपालले कीर्गिस्तान र लेबनानलाई एक–एक गोलले हराउँदै उपाधि नजिक पुगेको हो । म्यानमारले पनि कीर्गिस्तानलाई ५–० र लेबनानलाई ३–१ गोलले हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ ।



नेपाल र म्यानमारबीचको आजको खेल फाइनल नभएपछि फाइनल खेलको झझल्को दिने अपेक्ष गरिएको छ । खेल दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ ।



