काठमाडौं । धादिङ बेनिघाट रोराङ गाउँपालिका –५ विशालटारस्थित पृथ्वीराजमार्गमा सवारी दुर्घटना भएको छ । चितवनबाट काठमाडौं आउँदै गरेको लु.प्र–०१–००१–ख ०१३४ नम्बरको बस र बिपरित दिसाबाट आउँदै गरेको ग १ च ५१५४ नम्बरको बोलेरो ठोक्किदा उक्त दुर्घटना भएको धादिङ प्रहरीले जनाएको छ ।
दुर्घटनामा बोलेरो चालक सिन्धुली पिपलमाडी गाउँपालिका ८ का अर्जुन योञ्जन घाइते भएको प्रहरीले जनाएको छ । घाइते योञ्जनको मेलखुस्थित राजमार्ग अस्पताल उपचार भइरहेको छ । दुर्घटनापछि उक्त क्षेत्रमा केहीबेर यातायात अवरोध भएको थियो ।






