शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट खुलाइएको विभिन्न विषयका छात्रवृत्तिका लागि आवेदन दिनेहरूको संख्या नपुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई आवेदन दिन आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् विद्यार्थीहरूलाई छिटो आवेदन दिन अपिल गरेका हुन्। मन्त्रालयका अनुसार अन्डर ग्रयाजुएट एमबीबीएस, पोस्ट ग्रयाजुएट इन्जिनियरिङ, एग्रीकल्चर, पीएचडी इन्जिनियरिङ, भेटेरिनरी, आइटी, मेडिकल साइन्स र कन्जरभेसन जस्ता विषयमा छात्रवृत्तिका केही सिट खाली रहेका छन्।
खाली सिटहरूको विवरणस्



अन्डर ग्रयाजुएट एमबीबीएस – १ सिट
पोस्ट ग्रयाजुएट इन्जिनियरिङ – ७ सिट
एग्रीकल्चर – ३ सिट
पीएचडी इन्जिनियरिङ – १ सिट
भेटेरिनरी – १ सिट
आइटी – ४ सिट
मेडिकल साइन्स – २ सिट
कन्जरभेसन – १ सिट
प्रधानमन्त्री ओलीले विद्यार्थीहरूलाई तत्काल आवेदन दिन अनुरोध गर्दै छात्रवृत्तिको अवसर नछुटाउन आग्रह गरेका छन्। आवेदन दिने समय एक(दुई दिन मात्र बाँकी रहेकोले इच्छुक विद्यार्थीहरूले चाँडो प्रक्रिया पूरा गर्नुपर्ने मन्त्रालयले जनाएको छ।



