काठमाडौं, फागुन १६ – हाल देशका विभिन्न भागमा मौसम परिवर्तन भई वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा अधिकांश स्थानमा बादल लागेका छन् भने देशका अन्य भागमा आंशिकदेखि साधारणतया बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम र कर्णालीमा पानी परिरहेकोमौसमविद् शान्ति कँडेलका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा गएरातिदेखि नै वर्षा भइरहेको छ। हाल यी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार, आज शुक्रबार देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ।
काठमाडौं उपत्यकामा हल्का वर्षाको सम्भावनाकाठमाडौं उपत्यकाको मौसम बिहानैदेखि बदली देखिएको छ। मौसमविद् कँडेलका अनुसार दिउँसो काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना छ।



विभिन्न प्रदेशमा मौसमको अवस्था
कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशस् हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपातको सम्भावना। पहाडी क्षेत्रमा पनि मेघगर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षा हुने अनुमान। मधेस प्रदेशस् तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने।
सावधानी अपनाउन आग्रहमौसम पूर्वानुमान महाशाखाले हिमपातको सम्भावनालाई ध्यानमा राखी उच्च हिमाली क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। साथै, पहाडी र तराई क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षा हुने भएकाले यात्रा गर्नेहरूलाई सतर्क रहन आग्रह गरिएको छ। देशभरको मौसम परिवर्तनशील हुने भएकाले थप जानकारीका लागि मौसम पूर्वानुमान महाशाखाको अद्यावधिक सूचनालाई पछ्याउन अनुरोध गरिएको छ।



