काठमाडौं । सरकारले ल्याएको अध्यादेशबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश सत्तारुढ दलले नै असहयोग गरेपछि आगामी रणनीतिका विषयमा छलफल गर्न सचिवालय बैठक डाकिएको हो ।
पुष अन्तिम साता बसेको मन्त्रिपरिषद बैठकले भूमिसम्बन्धीसहित विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेश संसदमा दर्ता भएपनि राष्ट्रिय सभामा सत्तापक्षको बहुमत नपुग्दा दुबै सदनमा निर्णयार्थ पेस हुन सकेको छैन । अध्यादेशको बारेमा छलफल गर्न जनता समाजवादी नेपालले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।






