काठमाडौं – काठमाडौं महानगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार प्रदान गर्न आग्रह गरेको छ। महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई पुनः जिम्मेवारी दिँदा कानुनी जटिलता उत्पन्न हुन सक्ने भन्दै वैकल्पिक व्यवस्था गर्न अनुरोध गरेको हो। काठमाडौं टावर परियोजनासहित अन्य कामहरू प्रभावित नहोस् भन्ने उद्देश्यले आर्थिक अधिकार निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिनुपर्ने माग गरिएको छ। २०८१ फागुन २२ गते महानगरको प्रमुखस्तरीय निर्णयअनुसार, कार्यालय सञ्चालनलाई सहज बनाउन मन्त्रालयलाई ऐन संशोधन गर्ने वा वैकल्पिक समाधान खोज्ने आग्रह गरिएको छ।







