काठमाडौं । नेपाल शिक्षक महासंघले आजदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने भएको छ । विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न दबाब दिने उद्देश्यले दोस्रो चरणको आन्दोलन सुरु गर्न लागेको हो ।

महासंघले चैत्र ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने, सांसदहरूसँग भेटी विधेयक पारितका लागि दबाब दिनेलगायतका कार्यक्रम रहेको छ । जसअन्तर्गत आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना दिन लागेको हो । चैत्र ७ देखि १५ गतेसम्म काठमाडौंमा रिले अनशन र चैत्र २० गतेबाट अनिश्चितकालीन काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने महासंघको तयारी छ ।

त्यसैगरी बुधबार नेकपा एमालेको केन्द्रीय कार्यालय, चैत १ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय, २ गते नेकपा एकीकृत समाजवादीको कार्यालय, ३ गते राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय, ४ गते जसपा, लोसपा र राजमोको कार्यालय र ५ गते जनमत, नागरिक उन्मुक्ति र राप्रपाको कार्यालयमा धर्ना कार्यतालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय