१२ महिला र एक पुरुष सम्मिलित टोलिले विश्वकै सबैभन्दा लामो तथा चुनौतीपूर्ण पदमार्गमध्ये नेपालको ग्रेट हिमालयन ट्रेल (जीएचटी)को एक सय दिने पदयात्रा सोमबारदेखि सुरु गरेका छन् । विश्वभरका पर्यटक तथा व्यवसायीहरु माझ ग्रेट हिमालयन ट्रेल ९जीएचटी०लाई चिनाउन १२ नेपाली महिला र एक पुरुष सम्मिलित टोलीले आजबाट पदयात्राको अभियान आजदेखि सुरु गरेका हुन् । कोशी प्रदेशको ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि कञ्चनजङ्घा हिमालको आधार शिविर घुन्सा हुँदै सुदूरपश्चिम प्रदेशको दार्चुलामा पुगेर एक सय दिनमा यो अभियान टुंगिने गरि सुरुआत गरिएको हो ।

१७ वटा हिमाली जिल्लाहरुको फेदैफेद करिब १ हजार ७ सय किलोमिटर लामो पैदलयात्राको नेतत्व सिन्धुपाल्चोकी आरोही माया गुरुङले गर्नु भएको छ । उहाँको नेतृत्वमा सिन्धुपाल्चोककै ११ महिला र दाङका १ पुरुष रहेका छन् ।

साहसिक पदयात्रामा सिन्धुपाल्चोकका सरस्वती तामाङ, संगीता तामाङ, वर्षा बिक, संगिता विश्वकर्मा, अनिशा श्रेष्ठ, रंजिता लामा, शान्ति थिङ तामाङ, श्रृष्टी तामाङ, मनमाया तामाङ, दिपा लामिछाने, र प्रमिता सापकोटा रहनु भएको छ । यस्तै यहि टोलिमा दाङका ६५ वर्षीय पुरुष सुन्दरकुमार चौधरी समेत रहनु भएको छ । टोलिमा सहयोगीको रुपमा अन्य ११ जना पुरुषहरु समेत गरि २४ जनाको समुह रहेका छन् । पदयात्रा भरि हुने खर्च पदयात्री आफैँले जुटाएको नेतृ गुरुङको भनाई छ । उहाँका अनुसार १ सय दिनको अवधिमा प्रतिव्यक्ति करिब १५ लाख रुपियाँ भन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।

ग्रेट हिमालयन ट्रेल अन्तरर्गत पूर्वी नेपालको कञ्चनजङ्घा देखि पश्चिमको फारवेष्ट दार्चुला सम्मका यी सम्भावित पर्यटकीय स्थललाई समेटिएको छ । उक्त १० वटा भाग अन्तर्गत कञ्चनजङ्घा क्षेत्र, मकालु–बरुण, एभरेष्ट–रोलवालिङ, हेलम्बु–लामटाङ, गणेश हिमाल–मनास्लु, अन्नपूर्ण र मुस्ताङ, डोल्पा, जुम्ला, हुम्ला र फारवेष्ट नेपाल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय