काठमाडौं । आज मंगल चौथी । चतुर्थी तिथि र मंगलबारको संयोगमा सनातन धर्मावलम्बी मंगल चौथी पर्व मनाउँछन् । यो दिन विशेषगरी भगवान् गणेशको आराधना गरिन्छ ।
चौथीकै दिन गणेशजीको जन्म भएको पुराणमा उल्लेख छ । यस्तै मंगलबारका ‘स्वामी’ पनि गणेश नै मानिएका छन् ।



सिन्दुर, रक्तचन्दन, फूल, अक्षता, दुबो, जनै, फल–नैवेद्य आादि अर्पण गरेर उनको पूजा गरिन्छ । यो दिन विशेषगरी २१ दुवो र २१ लड्डु चढाएर भगवान् गणेशको पूजा गर्ने विधि ‘ॐ गणपतये नमः’ यो वचन प्रयोग गरी पूजासामग्री चढाउने विधि उल्लेख छ ।
मंगल चौथीका अवसरमा विनायक मन्दिरमा श्रद्धालुको घुइँचो लागेको छ । काठमाडौं उपत्यकामा चार विनायक (सूर्य–चन्द्र–मरु–जल) का साथै कार्यविनायक र कमलविनायकलगायत मन्दिरमा भक्तजनको उपस्थिति बाक्लो छ ।



