काठमाडौं । ललितपुरको ग्वार्को चोकमा निर्माणाधीन ‘ओभरपास’ मा ठेक्कादेखि निर्माण कार्यसम्म गम्भीर प्राविधिक त्रुटि भेटिएको छ । ग्वार्कोमा निर्माणाधीन ओभरपास पुलको आकारमा निर्माण गर्नुपर्ने इञ्जिनियर बताउँछन् । तर निर्माणको ठेक्का पाएको कम्पनी एमरएस आशिष समानान्तर जेबीले दुईतर्फ पर्खाल बनाएर त्यसमा माटो भरेर संरचना निर्माण गरिरहेको छ ।

२०७८ साउन १८ गते गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले गरेको निर्माणपूर्वको प्रस्तावमा फ्लाइओभर बनाउने निर्णय गरेको थियो । केन्द्रका तत्कालिन निर्देशक विजय जैसीले फ्लाइओभर भनिए पनि ओभरपास बनाउने निर्णय भएको बताउनु भयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रको अदूरदर्शी र दीर्घकालीन रूपमा समस्या सिर्जना गर्ने ओभरपास निर्माणको जिम्मा लगाउदा अहिले ग्वार्कोमा निर्माणाधिन ओभरपास पुलमा समस्या देखिएको हो । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने भनाइलाई यो ओभरपास पुल निर्माणले पुष्टि गरेको छ ।

विज्ञहरूले सहरी क्षेत्रको शौन्दर्यलाई दृष्टिगत गरी ओभरपासभन्दा फ्लाइओभर ब्रिज बनाउन सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय