नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको आलोचना गर्दै भनेका छन् कि सरकारले भ्रष्टाचारमा संलग्न व्यक्तिलाई ऊर्जामन्त्रीको जिम्मेवारी दिएको छ। उनले नेपाली कांग्रेसका नेता दीपक खड्कालाई भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका हुन्। चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सरकारले योग्य व्यक्तिहरूलाई मन्त्री नबनाई भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई जिम्मेवारी दिएकोमा असन्तोष व्यक्त गरे। उनले राष्ट्रपतिले स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रका विज्ञलाई मन्त्री बनाउनु पर्ने बताएका छन्। प्रचण्डले भने, जसरी स्वास्थ्य क्षेत्रमा विशेषज्ञ व्यक्तिलाई स्वास्थ्य मन्त्री बनाउनु पर्छ, त्यसैगरी शिक्षामा योग्य व्यक्तिहरूलाई शिक्षा मन्त्री बनाउनु पर्छ, तर अहिले के भइरहेको छ भने, सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न व्यक्तिलाई ऊर्जामन्त्री बनाइएको छ।

उनले सरकारको आलोचना गर्दै सरकारका नीति र संरचनामा सुधारको आवश्यकता रहेको बताएका छन्। प्रचण्डले भविष्यमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको पक्षमा आफ्नो धारणा राख्दै भने, यदि प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली लागू भयो भने, विज्ञहरूलाई मन्त्री बनाउने अवसर प्राप्त हुनेछ र यसले देशमा स्थिरता र विकास ल्याउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय