काठमाडौं । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहीन रहेको चन्द्रागिरि नगरपालिकामा सोमबारदेखि प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति भएको छ। सुरेन्द्र थापा मगरलाई सोमबारदेखि चन्द्रागिरि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा नियुक्त गरिएको हो।

चन्द्रागिरि नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल हाल सचिवको पदमा बढुवा भई सरुवा भएपछि गत एक महिनादेखि उक्त पद खाली रहेको थियो। नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा नियुक्त भएका सुरेन्द्र थापा मगरले नगरपालिकाका सबै प्रशासनिक कामकाजलाई व्यवस्थित र द्रुत बनाउने उद्देश्यका साथ कार्यभार सम्हाल्नु भएको छ। उहाले आफ्नो कार्यकालमा नगरपालिकाको विकास र नागरिक सेवामा सुधार ल्याउन निरन्तर काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ।

साथै, हेमराज अर्यालको सचिवको पदमा बढुवा र सरुवा पछि चन्द्रागिरि नगरपालिकाका कर्मचारीहरूसँग राम्रो समन्वय गर्दै नगरपालिकाको प्रशासनिक संरचनामा सुधार ल्याउने अवसर उत्पन्न भएको छ। यस नियुक्तिले चन्द्रागिरि नगरपालिकाको प्रशासनिक कार्यसम्पादनमा नयाँ र सकारात्मक दिशा दिने विश्वास गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय