राक्सिराङ गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ सालदेखि चेपाङलाई बिजुली कार्यक्रम अघि बढाइयो । तर महंगो उपकरण, सरकारको बेवास्ता, भिरोलो जमिन र भौगोलिक विकटताले चेपाङ समुदायमा विद्युतको पहुँच पुग्न सकेको थिएन । सोमबार राक्सिराङ गाउँपालिका—७ काँकडा र ९ नम्बर वडा खैराङका चेपाङ समुदाय विद्युतको पहुँचबाट लभान्वित भएसँगै बल्ल विकट राक्सिराङ पूर्ण वडा विद्युतिकरण घोषणा भएको छ ।
नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले फूलमाया चेपाङको घरको विद्युतको मिटर ‘अन’ गरेर पूर्ण विद्युतीकरण वडा घोषणा गर्नुभयो । त्यस लागत्तै टुकी, दियालो र सोलारको उज्यालोमा जीवन व्यतित गर्दै आएका खैराङ लगायत राक्सिराङका दुर्गम बस्तीका ९ वटै वडामा विद्युत सेवा पुगेको छ । २०७८ को जनगणनाअनुसार २५ हजार ९ सय ९६ जनसंख्या रहेको उक्त पालिकामा ५ हजार ४४ घरधुरी छन । अझै पनि करिव १ एक हजार ५ सय घरदूरीमा विद्युतको पहुँच पुग्न सकेको छैन् । नेपाल विद्युत प्राधिकरणको विशेष सहयोगमा काँकडा र खैराङमा विद्युत सेवा पुर्याएको छ यसरी नै सहयोग प्राप्त हुन सके आगामी दिनमा ती घरदूरीमा छिट्टै पालिकाले विद्युत सेवा पुर्याउन सकिने विश्वास छ ।



मकवानपुरको राक्सिराङ गाउँपालिका–९, कार्लाङकी ७० वर्षकी टुलकुमारी प्रजाको अनुहार चमक्क चम्किलो देखिन्थ्यो । कारण हो, उहाँको घरमा पहिलोपटक बलेको बिजुली बत्ती । सधैँ अँध्यारोमा घरधन्दा गर्दै आउनुभएकी टुलकुमारी बत्ती बलेपछि दंग देखिनु हुन्थ्यों । सानैमा विवाह गरेको टुलकुमारीले पहिला छोराछोरी हुर्काउन र घरधन्दा गर्नका लागि सल्लाको दियालो र सालको मुठा बालेरै गर्जो टार्ने गरेको स्मरण गर्दै भन्नुभयो— ‘मेरो त जिन्दगानी यसै बितिजाला जस्तो लाग्याको थियो। छोराबुहारीले सम्म पनि दुखै पाउने भए भन्ने चिन्ता थियो । अब त गाउँमै बिजुली आयो । नातिनातिनाले राति पनि लेखपढ गर्न पाउने छन् भनेर खुसी लाग्या छ।’ टुलकुमारी मात्रै होइन, कार्लाङ र खैराङका स्थानीयहरू गाउँमा बिजुली पुगेपछि निकै खुसी देखिएका छन्। किन्न र जोड्न सक्नेका घरमा सोलारको सहारा थियो भने निमसराको घर टुकीकै भरमा उज्यालो पारिन्थ्यो । त्यो पनि मट्टितेल किन्न नसकेर वनका सल्लाको दियालोकै भर पर्नेको संख्या पनि उत्तिकै थियो ।
प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक घिसिङल देशमा विद्युत् सेवा नपुगेको ठाउँ प्राधिकरणले खोजी गरिरहेको र हरेक नागरिकको पहुँचमा विद्युत् सेवा पुर्याउन करोडौँ खर्च गर्न तयार रहेको उल्लेख गर्नुभयो । २०७३ मा आफूले प्राधिकरणको नेतृत्व लिँदा ५८ प्रतिशत नागरिक विद्युतको पहुँच पुगेको र हाल ९९ प्रतिशत नागरिकमा ९९ प्रतिशत नागरिकमा विद्युतको पहुँच पुगेको घिसिङको दावी छ । राक्सिराङको सबै नागरिकको घरमा वर्षायामअघि नै विद्युत् पु¥याउन मातहतका कार्यालयलाई निर्देशनसमेत दिनुभयो ।
चेपाङसँगै राक्सिराङमा तामाङ, नेवार, ब्राम्हण समुदायको पनि बसोबास रहेको छ । गाउँपालिकाको एक करोड रुपैयाँ, बागमती प्रदेश सरकारको एक करोड रुपैयाँ थप गरी प्राधिकरणको सहयोगमा ६ करोड रुपैयाँले वडाहरुमा बत्ति पुर्याउन विद्युत् पोल गाड्ने र तार तान्ने काम गरियो । सो पश्चात प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले चेपाङलाई विद्युत कार्यक्रम मार्फत् ३० करोड रुपैयाँ मार्फत् अभियानलाई अघि बढाइयो । एक समारोहबीच निवर्तमान कार्यकारी निर्देशक घिसिङले राक्सिराङ–९, चेपाङको घरको विद्युतको मिटर ‘अन’ गरेर पूर्ण विद्युतीकरण वडा घोषणा गर्नुभयो हो ।



