काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले आफूलाई जेल हालेर देखाउन संघीय सरकारलाई चुनौती दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमा कानून मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाउँदै उहाँले आफूले उठाएका कुरा गलत भएमा जेल हाल्न चुनौती समेत दिनुभयो ।
काठमाडौं महानगरपालिका वडा नम्बर २८ मा निर्माणाधीन काठमाडौं टावर परियोजनाबारे विभिन्न आदेश सार्वजनिक गर्दै उहाँले ‘यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने ?’ भन्दै आक्रोश पोख्नु भएको छ ।







