काठमाडौं । नेपाल सरकारले मुस्लिम समुदायको महान चाड ईद उल फित्रको अवसरमा सोमबार सार्वजनिक बिदा दिने भएको छ ।
गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै मुस्लिम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।



ईद उल फित्र मुस्लिम समुदायको विशेष पर्व हो । रमजान महिनाको समाप्तिसँगै नयाँ चन्द्रमा देखिएपछि यो पर्व हर्षोल्लासका साथ मनाइने गरिन्छ।




