काभ्रेपलाञ्चोकमा गत साउन देखि विभिन्न ठाउँमा धारिलो हतियार, नक्कली पेस्तोल, खुकुरी र बन्चरो देखाउँदै श्रृंखलावद्धरुपमा लुटपाट गर्ने गिरोहका चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नेपाल प्रहरी केन्द्रिय अनुसन्धान व्युरोको टोलीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका २ बस्ने ४९ वर्षका बिर बहादुर तामाङ, ४२ वर्षका वुद्धिमान तामाङ, ओखलढुंगा खिजितेम्बा गाउँपासल ९ का ५२ वर्षका महेशकुमार खड्का र उदयपुरको कटारी नगरपालिका १४ का ३६ वर्षका राजकुमार दनुवारपक्राउ गरेर काभ्रे प्रहरीलाई बुझाएको छ ।

काभ्रेका विभिन्न ठाउँमा नगद, सुनका गरगहनाहरु, मोबाइल लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका उनीहरुमाथी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी बसुन्धरा खड्काले जानकारी दिईन । खड्काका अनुसार उनीहरुको प्रहरी अनुसन्धान सकेर मुद्दाको फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरिएको छ ।

उनीहरुले गत साउन ३१ गते राती पनौती ५ चोकोटमा धर्म गोपाल श्रेष्ठको नेवा ग्रिल हिल खाजा घरमा धारिलो हतियार खुकुरी देखाई श्रेष्ठको घाँटीमा खुकुरी राखी नगद चालिस हजार डकैती गरेको तथा गत भदौ ११ गते धुलिखेल ९ को रामकोटमा स्थानीय दिपकबहादुर तामाङको घाटीमा खुकुरी राखी सुनको रिङ्ग र नगद पैसठ्ठी हजार चोरेको आरोप छ ।

त्यस्तै गत माघ ४ गते बनेपा ३ टनचोकमा लोपसाङ लामाले संचालन गरेको होमस्टेबाट धारिलो हतियार खुकुरी र बच्चरो देखाई सुनका गरगहनाहरु, नगद ३ लाख २० हजार तथा मोबाईल चारेर घरमा भएका सबैलाई कोठा भित्र धुनेर भोगेका थिए । त्यस्तै माघ १३ गते बनेपा ४ को रेडक्रश टोलमा सुकान्त भोम्जनको घरको वाल फोडी भित्र प्रवेश गरी धारिलो हतियार खुकुरी देखाई सुनका गहना, नगद विस हजार र दुई वटा मोबाईल चोरेका थिए ।

यस्तै गत फागुन ५ गते धुलिखेल ७ स्थित लासाङ गोलेले संचालन गरेको आमा कृषि पशुपक्षी बंगुर फर्ममा नक्कली पेस्तोल र खुकुरी देखाई लासाङ गोलेले घाटीमा लगाएको सुनको गरगहना र भिभो कम्पनीको मोबाईल लटेर लगेको एस्पी खड्काले जानकारी दिईन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय